फिल्म ‘‘कायरा’ युनिट देश दौडाहमा, शनिबार पोखरामा
साउन १८ गतेबाट अलनेपाल प्रर्दशन हुने फिल्म फिल्म ‘कायरा’ को निर्माण युनिट यतिबेला प्रचारप्रसारका लागि देश दौडाहमा छ । शनिबार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह सहितको युनिटले पोखरामा आफ्नो फिल्मको प्रचारप्रसार गर्यो । पोखरामा फिल्म टिमले बाईक र्याली सहित प्रचारप्रसार गरेको हो ।
बाईक र्याली पश्चात पत्रकार भेटघाट कार्यक्रममा नायक आर्यनले कायरा प्रेम कथामा आधारित फिल्म भएको बताए । एक विशुद्ध प्रेम कथामा बनेको फिल्म हो , यसमा अन्य सामाजिक सन्देश पाउनु भन्दा पनि फिल्मले मनोरञ्जन प्रदान गर्नेमा आफु ढुक्क रहेको उनले भने ।
नायिका साम्राज्ञीले आर्यन दाईसंग काम गर्न रमाईलो महशुष भएको बताउदैं कायरा माया सहित सबै राम्रो पक्षको कथा समेटिएको फिल्म भएको बताईन् । निर्देशक लक्ष्मण रिजालले एक पटक हलसम्म पुगेर कायरालाई माया गरिदिन दर्शकलाई आग्रह गरे ।
आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको फिल्ममा लेखन पनि आर्यनकै छ । फिल्ममा आर्यन र साम्राज्ञीसंगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न पाईनेछ ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


