Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बिम्स्टेक शिखर सम्मेलनको उद्धघाटनमा सोल्टीमा विशिष्ट व्यक्तित्वहरुको घुईचो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, भाद्र, १४
बिम्स्टेक शिखर सम्मेलनको उद्धघाटनमा सोल्टीमा विशिष्ट व्यक्तित्वहरुको घुईचो

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहकाबीच राजधानी सुरु हुँदैछ ।

सम्मेलनको उद्धघाट्नपूर्व सोल्टी होटलमा अहिले व्यापक घुईंचो देखिएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका पूर्वप्रधानमन्त्रीदेखि लिएर अन्य विशिष्ट व्यक्तित्वहरुको सम्मेलनस्थलमा सहभागी रहेको छ ।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै छन् ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् । सम्मेलनमा भाग लिन सबै देशका विशिष्ट अतिथि काठमाडौँ आईसकेका छन् ।

काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ

naima expoTop Changing Nepal

युट्युब सट्स