Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मलेसिया सरकारद्वारा कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा, अब मासिक तलब कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, भाद्र, २७
मलेसिया सरकारद्वारा कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा, अब मासिक तलब कति ?

क्वालालम्पुर ।

मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेको छ । मलेसिया सरकारको यो निर्णयले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।

मलेसियाका प्रधानमन्त्री कार्यालयले आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५.०५ आरएम तलब तोकेको हो ।

यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो । तर अब भने बढेर न्युनटम नै १ हजार ५० हुने भएको छ । मलेसियामा कामदारको न्यूनतम तलब बृद्धि ‘पाकातन हरापन’ गठबन्धनको प्रमुख १० चुनावी घोषणा मध्ये एक हो ।

‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो । तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा हामी सजग हुनुपर्छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ । तर, न्यूनतम तलब बृद्धि गर्नु सरकारको दायित्व भएको र यसले ठूला, मझौला वा साना उद्योग तथा कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था नआउने सरकारको दाबी छ ।

मलेसिया सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स