Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौं – प्रकाण्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, ८
निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौं – प्रकाण्ड

मङ्सिर ८, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ ।

भृकुटीमण्डपमा शनिबार भएको जनसभालाई सम्बोधन गर्ने क्रममा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै सरकारसँग असन्तुष्टि पोखे । उनले भने ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।

उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने जानकारी दिंदै सबैलाई उक्त बिरोध कार्यक्रममा सरिक हुन आग्रह समेत गरे । प्रचण्ड, रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले नेताहरुले धोका नदिएको भए नेपाली जनताले आफ्नै सत्ता पाईसक्ने बताए ।

प्रकाण्डले आजको जनसभा हुन नदिन सत्ता पक्षले ठूलो षड्यन्त्र खेलेको तर नसकेको भन्दै खुला मंचमा गर्नुपर्ने कार्यक्रम भृकुटीमण्डपमा गर्न बाध्य भएको स्पष्टिकरण दिए ।

Top Changing Nepal

युट्युब सट्स