‘ओली सरकारले लुकाएको हत्यारा सार्वजनिक गरेर जनकारबाही गर्छौं
जानकारी केन्द्र
२०७५, मंसिर, ८
। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई अब आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर आज काठमाडौँमा आयोजना भएको जनसभामा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले निर्मला पन्तका हत्यारालाई ओली सरकारले लुकाएको र अब आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताए ।
उनले ओली सरकारले हत्यारालाई लुकाउने प्रयास गरेपनि आफ्नो पार्टीले सार्वजनिक गरेर जनकारबाही समेत गर्ने चेतावनी दिए । प्रकाण्डले भने,‘अपराधिलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ,अब हामी सहेर बस्न सक्ने अवस्थामा छैनौँ, हाम्रो पार्टीले निर्मला पन्तका हत्यारालाई पक्राउ गर्छ र जनकारबाही गर्छ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

