Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

आजदेखि श्रम स्वीकृतिका लागि लाइन बस्नु नपर्ने, टोकन प्रणाली लागू

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, १६
आजदेखि श्रम स्वीकृतिका लागि लाइन बस्नु नपर्ने, टोकन प्रणाली लागू

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ। श्रम स्वीकृति लिन कामदारलाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ।
टोकनमार्फत नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणको काम गरिने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताएका छन्।
वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनका आधारमा टोकन नम्बर सेवाग्राहीलाई उपलब्ध गराउने र टोकनमा उल्लेख गरिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ।
एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा पनि टोकनका आधारमा पाउने विभागले जानकारी दिएको छ।
तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यलयले विश्वास लिएको छ। यस्तो सेवाका लागि सेवाग्राही आफैंले फारम भर्न सक्ने व्यवस्था गरिएको छ। विभागको साइटमा भएर फाराम भर्न मिल्छ।
कार्यालयले एक दिनमा १ हजारसम्म सेवा दिनसक्ने जानकारी दिएको छ। सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन।

Top Changing Nepal

युट्युब सट्स