Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

दुबाई जेलमा रहेका जोगीलाई स्वदेश फर्काउन ब्लडमनी संकलन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, १६
दुबाई जेलमा रहेका जोगीलाई स्वदेश फर्काउन ब्लडमनी संकलन

साथीको उद्दार गर्दा हत्या अभियोगमा दुबाई जेलमा रहेका एकजना नेपालीको उद्दारका लागि ब्लडमनी संकलन गर्दै एक संस्था खोटाङमा आईपुगेका छन् । तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाकजुङका खड्ग बहादुर जोगीको उद्दारका लागि जनजागरण प्रतिष्ठान नामक संस्था ब्लडमनी जुटाउदै शनिबार यहाँ आईपुगेका हुन् ।
सन् २०१७ मा आफूसँगै सवार गाडीबाट खसेर फिलिपिन्स नागरिकको दुर्घट्ना भएको र दुर्घट्ना लगत्तै उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउँदा मृत्यु भईसकेको र सोही व्यक्तिको हत्या अभियोगमा जेल परेका उनलाई नेपाल फर्काउन सहयोग(ब्लडमनी)जुटाउदै दिक्तेल आईपुगेको जनजागरण प्रतिष्ठानका स्वयंसेवक सर्मिला भण्डारीले जानकारी दिईन् । जोगीलाई त्यहाँको अदालतले ५ वर्ष जेल र युएई दिराम ६० लाख ब्लडमनी तोकेको छ । अदाललाई ब्लडमनी बुझाउन नसकेको खण्डमा जोगीलाई मृत्युदण्ड समेत हुनसक्ने भएकाले ब्लडमनी संकलनका क्रममा चितवन, सिन्धुलीपछि खोटाङ आएको उनले बताईन् । जोगीको श्रीमती दुई छोरा, दुई छोरी छन् । प्रतिष्ठानका ५ जना स्वयंसेवकजस्तै ‘जोगी नेपाल फर्काउ’ अभियानमा आवद्ध भएर विभिन्न संस्थाहरुले नेपालभरी ब्लडमनी जुटाईरहेको छ । हालसम्म ४० लाख ब्लडमनी जम्मा भईसकेको भण्डारीले बताईन् । जोगीलाई नेपाल फर्काउनका लागि आर्थिक सहयोगका गर्नेले दुर्गा प्रसाद गिरी, खगेन्द्र बहादुर जोगी, कुमार गिरीको संयुक्त नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ०५४००१०६५७०३२९०००००१ ब्लडमनी जम्मा गरिदिन सकिनेछ ।

Top Changing Nepal

युट्युब सट्स