Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

निर्मला हत्या प्रकरण : रावलसँगको बयान सकियो, डीएनए रिपोर्ट आज आउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २१
निर्मला हत्या प्रकरण : रावलसँगको बयान सकियो, डीएनए रिपोर्ट आज  आउने

प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलसँग बयान लिएको छ । रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार काठमाडौंबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।

सीआईबीले रावलसँग राति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने  आउने बताइएको  छ।

[su_youtube url=”https://youtu.be/wCccRc3sPvs” width=”920″ height=”880″]

naima expoTop Changing Nepal

युट्युब सट्स