प्रहरीसँगको मुठभेडमा राजन लिम्बु घाइते
जानकारी केन्द्र
२०७५, मंसिर, २१
प्रहरी र गुण्डा समूहबीच काठमाडौँको कालोपुल धोबिखोला करिडोरमा मुडभेट भएको छ। मुडभेटका क्रममा गोली चल्दा ‘खुंखार डाँका’ राजन लिम्बु घाइते भएका छन् ।
प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लागिएको छ ।प्राप्त जानकारी अनुसार लिम्बु चोरी डाँका मुद्दाका फरार अभियुक्त रहेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा लिम्बुले पहिला प्रहरी माथि गोलि प्रहार गर्न खोजेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको एक टोलिले फरार लिम्बुलाई नियन्त्रणमा लिन एक राउण्ड गोली प्रहार गरेको बताइएको छ ।प्रहरीले लिम्बुका साथबाट टाइप फिफ्टीफोर नामक हतियार एकथान बरामद पनि गरेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

