Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

भिषण आगलागीमा यस्तो क्षति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २४
भिषण आगलागीमा यस्तो क्षति

पर्सा र उदयपुरमा भएका छुट्टाछुट्टै आगलागीबाटकरिब ११ लाख  रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । 


    पर्सा बीरगंज महानगरपालिका- ८ पान गल्ली बस्ने बारा कलैया घर भएकाभगतको कम्प्युटर पसलमा आइतबार करेन्ट सर्ट भई आगलागी हुँदा  करिब ७ लाख रुपैयाँबराबरको धनमाल जलेर क्षति भएको छ । 


    उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने नातिबाबु बस्नेतको घरको दोस्रोतलामा रहेको रेडिमेट कपडाको गोदाममा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदाकरिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । 
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुकासाथै यस सम्बन्धमा प्रहरीले  आवश्यक अनुसन्धान गरिरहेको   बताएको छ 

Top Changing Nepal

युट्युब सट्स