नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठ्यो
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ ।अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अपेक्षाअनुसार गतिशील नभएको भन्दै प्रधानमन्त्रीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।नेता पन्तले भने‘कतिपय मन्त्रीहरु विवादित र सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गनुपर्छ,’ उनले बैठकमा मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गर्नुपर्ने समेत बताएका छन् |
राष्ट्रिय अनुसन्धानलाई हटाएर गृह मन्त्रालयले कसरी शान्ति सुरक्षा कायम गर्न सक्छ भन्दै उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुलाई सक्रिय बनाउने हो, उत्तरदायी बनाउने हो, सबैथोक आफूमा थुपारेर कार्यबोझ बढाउनु हुन्न । जुन अहिले भइरहेको छ ।’नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको भने विरोध गरे । प्रधानमन्त्रीलाई कमजोर पार्ने काम गर्न नहुने बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले पनि आफ्नो कमजोरी सच्याउनुपर्छ र गुटबाट माथि उठ्नुपर्छ ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


