Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

चिनियाँ भनिएका बिजुली बस भारतका, ‘बदमासी’ औंल्याइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, पुष, १५
चिनियाँ भनिएका बिजुली बस भारतका, ‘बदमासी’ औंल्याइयो

काठमाडौं । सरकारले टेन्डर आब्हान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर(उपसचिब) दीपक सापकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए नभएको अध्ययन गर्दा ती बसका पार्टपूर्जा भारतमा बनेको पाइएको हो ।

थप अध्ययनका क्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको पाइएको जानकारी मन्त्रालयका अधिकारीले दिएका छन् । 

 संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र आपुर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने उल्लेख थियो ।

Top Changing Nepal

युट्युब सट्स