दोस्रो एकदिवसीय क्रिकेट : युएईमाथि नेपालको १४५ रनको शानदार जित
काठमाडौँ, १२ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ ।दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो । नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा अलआउट हुँदै मात्र ९७ रनमा समेटियो ।
युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले पाँच तथा सन्दीप लामिछाने चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको सम्मान जनक स्कोरमा पु¥याएको हो ।
नेपालको फराकिलो स्कोरमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङस खेले । रोहितले ५८ बलमा नेपालका लागि सर्वाधिक ५५ रन बनाएका थिए । त्यस्तै आरिफ शेखले २९, उपकप्तान ज्ञानेन्द्र मल्लले ४४, कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१÷२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रन जोडे । युएईका इमरान हेदर र अमीर हायतले तीन÷तीन विकेट लिए ।
जितसँगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको सिरिजमा १÷१ को बराबरी गरेको छ । अब नेपाल र युएईबीचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ । पाँच विकेट लिन सफल नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए ।नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । रोहितले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउँदै रोहितले उक्त कीर्तिमान बनाएका हुन् । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका छन् । ब्याट्सम्यान रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो ।रोहितले भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन् । यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


