Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आकस्मिक बाहेकका देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १७
आकस्मिक बाहेकका देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।

डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ । डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएको भन्दै संघले यस्तो घोषणा गरेको हो । डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।

Top Changing Nepal

युट्युब सट्स