२१ क्रिकेटरले पाउने भए २ वर्षको तलब कसले कति पाउछन
जानकारी केन्द्र
२०७५, माघ, २६
काठमाडौँ
२१ नेपाली क्रिकेटरले २ वर्षको तलब पाउने भएको छन् । दुई वर्षदेखि रोकिएको तलब राष्ट्रिय खेलकुद परिषद्ले तीन पटक पत्र लेखेपछि आइसिसीले पठाएको हाे । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो ।
खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसमा ए श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । त्यस्तै श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । र ’सी‘ श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारी छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

