Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रमेश जी मिल्छ भने बाकि संसार हेर्न मेरो दुबै आँखा लिनुहोस् – ज्वाला संग्रौला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, १४
रमेश जी मिल्छ भने बाकि संसार हेर्न मेरो दुबै आँखा लिनुहोस् – ज्वाला संग्रौला



काठमाडौं १३ फागुन ।
चर्चित लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र कुशल वक्ता पव्लिक स्पिकर सिजन २ बिजेता रमेश प्रसाईंको आज धरानमा भेट भएको छ । उक्त भेटमा नेपालकै दुर्गम कालिकोट स्थित निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक अस्पतालको लागि १ लाख नगद रुपैयाँ समेत हस्तान्तरण गरेका छन् ।

यसै अस्पताल निर्माणमा लागिपरिरहेका समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौलाको निकै ठूलो भुमिका रहेको छ ।
रवि लामिछाने र रमेश प्रसाईंको भेटमा देखिएको एक दृश्यलाई नियालेर एक भावुक स्टाटस लेखेकी छिन् ।

पढौ ज्वाला संग्रौलाको लेख जस्ताको तस्तै :

जिन्दगीलाई पूर्ण बनाउन त कहिले पनि नसकिएला तरपनि जीवन्त बनाउने प्रयास भने निरन्तर गरिरहनु पर्छ भन्ने कुरा आज मैले यो तस्विर हेरेर सिकें। धन्यबाद छ ती नेपाल आमाहरुलाई जस्ले रमेश प्रसाई र Rabi Lamichhane जस्ता छोराहरुलाई  यो धर्तीमा पाईला टेकाईदिए।

सानै उमेरमा बुबाआमा गुमाएर जिन्दगीका अनेकौं अभाब, दुख र संघर्षका नागीहरु छिचोल्दै आफ्ना सपनाहरुलाई तिलान्जली दिएर देशका निम्ति समर्पित हुँदै  आफ्नो कर्मले ३ करोड नेपालीको मन जित्न सफल रबि लामिछाने र निम्न बर्गीय परिवारमा असाधारण क्षमता बोकेर जन्मिएका , सानो छँदा हेपिएका, चेपिएका , गिज्याईएका र कठै भनिएका  रमेश प्रसाई जस्ले आफुलाई अरुको आँखाबाट नहेरी आफ्नो मनको आँखाबाट  आफूलाई अवलोकन गरेर आफुभित्रै सम्भावना खोजे र त्यो सम्भावनालाई आफ्नो आवाजमा परिणत गरेर आज पुरै देशै हल्लाउन सफल भए, यी दुई ब्यक्तिहरु नै मेरो नजरमा आजका देशका असली हिरोहरु हुन् ।

“पब्लिक स्पीकर २“ मा प्रथम भई आफूले जितेको ३ लाख नगद मध्ये एकलाख रकम रास्कोट अस्पतालको लागि रमेश प्रसाईले दिएका छन्। चन्दा उठाएर समाजसेवी बन्न खोजिस् , गरिबको गाँस लुटेर पैसा मागिस् भन्नेहरुले रमेश प्रसाईँबाट केहि सिक्नुहोला..!

एउटा ब्यक्ति जस्को आर्थिक स्थिति यसै कमजोर छ, उसमाथी पनि अरु साधारण मानिस जस्तो हिँड्न , दौडन र उफ्रन सक्दैन, जस्को बाहिरी संसार जन्मजातै अन्धकार छ , त्यस्तो ब्यक्तिले समेत आफूले पाएको पुरस्कारको ३३ प्रतिशत रकम दुर्गम ठाउँका बालबच्चा र सुत्केरीले बाँच्न पाउनु पर्छ भन्दै सहयोग गरेको छ।

एउटा गरिबको लागि एकलाख रुपैया धेरै ठूलो पैसा हो मेरोजस्तो गरिब देशमा। रमेश प्रसाई भाई , यदि मेरो दुबै आँखा दिँदा तपाईले संसार देख्न पाउनु हुन्थ्यो भने कसम म खुसी भएर नेत्रदान गर्ने थिएँ । मैले त यो संसारको कालो, मैलो, सेतो , सङ्लो , धमिलो,फुस्रो र खस्रो सबैसबै रङहरु देखिसकें।मैले भन्दा बढि यो देशका सबैखाले रङरोगनहरु तपाईले देख्न जरुरी छ। के मेरो आँखाले बाँकी संसार तपाईले हेर्न मिल्छ?? मिल्छ भने मेरो दुबै आँखा लिनुहोस् , म दिन तयार छु

chautarimediagroup.com/02/21280/ बाट



naima expoTop Changing Nepal

युट्युब सट्स