राज्य विप्लव समूहलाई नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन-प्रधानमन्त्री
चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई कडा चुनौती दिएका छन् ।
संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लगाइएको निषेध फिर्ता नहुने बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई इंगित गर्दै भने ‘धेरै पल्ट हामीले आग्रह गर्यौं, मैले पनि धेरै पल्ट आग्रह गरें । तर लोकतान्त्रिक पद्धतिले भएको चुनावमा बम पड्काउने, निर्दोष मार्ने वा ज्यान मार्ने प्रयास गर्ने र चन्दाको नाममा लुटपाट गरियो । यस्तो नगर्न धेरै पल्ट भनियो तर मानेनन् ।’
प्रधानमन्त्री ओलीले भने ‘त्यस समुह जो कतै दर्ता छैन, त्यसको ठेगाना छैन, त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । विध्वम्श छोड भन्दा कतिलाई हनहनी ज्योरो आयो । यो लोकतान्त्रिक भएन ।’ ओलीले आफ्नो नेतृत्वको सरकार लोकतान्त्रिक नभएको भन्दै टिप्पणी गर्नेहरुलाई इंगित गर्दै प्रश्न गरे ‘अनि के लोकतन्त्रमा बम पड्काउन पाइन्छ ? चन्दाका नाममा लुट्ने काम गर्न पाइन्छ ? मान्छे मार्न पाइन्छ लोकतन्त्रमा ?’
प्रधानमन्त्री ओलीले महाभारतको युद्धको स्मरण गराउंदै भगवान श्रीकृष्णको चक्रको किस्सा सुनाए । भगवान कृष्णले सम्झाउँदा भएन बहने चक्र प्रहार गर्थे भन्ने बिषयलाई स्पष्ट पार्दै प्रधान मन्त्री ओलीले भने – ‘सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’
हतियार बुझाउन समय दिईएको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले तोकिएको समयभीत्र लुरुलुरु हतियार बुझाउन नआए कसरी हतियार लिनुपर्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा भएको भन्दै चेतावनी दिए । ओलीले भने ‘लोकतान्त्रिक आचरण अनुसार देश चल्नु पर्छ, त्यसमा सरकार एकदम दृढ छ ।’
ओलीले अगाडी भने ‘अब देशमा यस्तै प्रकारको अशान्तिको सृंखला जारी रहन्छ कि भन्ने कुरा त्यो कल्पना नगरे पनि हुन्छ र कसैले जारी राख्न सकिएला कि भन्ने कल्पना गरेको छ भने त्यो पनि नगरे हुन्छ । किन भने हामी बिकास निर्माणको लागि अगाडी बढ्यौं अब बिकासका काममा हामी बाधा पुर्याउन दिदैनौं ।’
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


