Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

अस्थायी शिक्षकहरु अन्तिम नतिजासँगै स्वतः अवकास हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १४
अस्थायी शिक्षकहरु अन्तिम नतिजासँगै स्वतः अवकास हुने

भक्तपुर- शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा ऐन अनुसार नै शिक्षक सेवा आयोगको अन्तिम नतिजापछि अस्थायी शिक्षकहरु स्वत्तः अवकाश हुने जनाएको छ । विहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गर्दै केन्द्रले अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्न निर्देशन दिएको हो ।

यसअघि केन्द्रले अगामी असारसम्म ३ महिनाकालागि अस्थायी शिक्षकहरुलाई करारमा नियुक्ति गर्नसक्ने जनाएको थियो । अब, केन्द्रले अस्थायी शिक्षक अवकाश भएर खाली भएको स्थानमा स्वयंसेवी शिक्षक खटाउने जनाएको छ । साथै, विहिवार नै केन्द्रले स्वयंसेवी शिक्षक बन्न इच्छुकहरुकालागि आवेदन माग गरेको छ ।

तर, विहिवार केन्द्रले चैत्र ११ को सचिव स्तरीय निर्णयको हवाला दिदैं शिक्षक सेवा आयोगबाट सम्बन्धित तहको योग्यताक्रम सहितको एकिकृत नतिजा प्रकाशन गरेको मितिबाट अवकास दिने व्यवस्था गर्न परिपत्र गरेको हो । शिक्षा ऐनको दफा ११चको उपदफा १० र सोही दफाको उपदफा ९ मा शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेको मितिबाट सुविधा सहित स्वतः अवकास हुने व्यवस्था छ ।

केन्द्रले जारी गरेको परिपत्रमा अवकास हुने अस्थायी शिक्षक, उमेरहदबाट यस अघि नै अवकास भएका अस्थायी शिक्षक, सुविधा प्राप्त गर्ने सर्तमा राजिनामा स्विकृत गराएका अस्थायी शिक्षक तथा मृत्यु भएका शिक्षकहरुको अस्थायी शिक्षकको सेवा सुविधा सम्बन्धि संलग्न सिफारिस पत्र र सेवा सुविधा प्राप्त गर्न चाहिने आवश्यक कागजातहरु संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय शिक्षक कितावखानामा अविलम्ब पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ

khabartweet

Top Changing Nepal

युट्युब सट्स