Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

अशोक शर्माको “जय भोले” सफलता पछी “रातो टिका निधारमा”नायीका खुश्बु खड्का अनुबन्धित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १८
अशोक शर्माको “जय भोले” सफलता पछी “रातो टिका निधारमा”नायीका खुश्बु खड्का अनुबन्धित

काठमाडौँ, सफल चलचित्र निर्माता अशोक शर्माको चलचित्र “जय भोले” को अपार सफलता पछी “रातो टिका निधारमा” नामक चलचित्र आउने भएको छ | चलचित्र “रातो टिका निधारमा” नायिका निता ढुंगाना, नायिका साम्रगी राज्य लक्ष्मी साह पछि नायीका खुश्बु खड्का अनुबन्धित भएकी छन |

नायक तथा अन्य कलाकारका सन्दर्भमा जानकारी प्राप्त भै सकेको छैन भने चलचित्र “रातो टिका निधारमा” कस्तो बिषय बस्तुमा आधारित चलचित्र हो भन्ने पनि अहिले खुलाइएको छैन |चलचित्रको लगानी तथा छायांकन स्थलको बारेमा पनि अहिले सार्बजनिक गरिएको छैन भने यस चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको सार्वजनिक भएको छैन |

यधपी चलचित्रको नाम तथा अघिल्लो चलचित्रको प्रदर्शन मितिको आधारमा अनुमान गर्ने हो भने चलचित्र “रातो टिका निधारमा” दसैमा प्रदर्शनमा आउने अनुमान गर्न सकिन्छ |अशोक शर्माले निर्माण गरेका चलचित्र पछिल्लो समय एक पछी अर्को सफल हुदै आएका हुनाले अब बन्न लागेको
चलचित्र “रातो टिका निधारमा” पनि सफल हुने आपेक्षा गरिएको छ |

naima expoTop Changing Nepal

युट्युब सट्स