Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

चैत्र २१ गते बिहिबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, २०
चैत्र २१ गते बिहिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स