Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

‘नो’ माधव नेपाल, ओलीलाई सफल बनाउँछु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, २
‘नो’ माधव नेपाल, ओलीलाई सफल बनाउँछु

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । खनालले प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्नुपर्ने बताएका छन् । हिजोमात्रै एक सार्वजनिक कार्यक्रममा नेता खनालले सरकारको बचाउ गरेका थिए । उनले कांग्रेसलगायत केही शक्तिहरु सरकारलाई असफल तुल्याउन लागिरहेको आरोप लगाएका थिए । त्यस्तै, उनले लाखौं संख्यामा युवाहरु विदेशिन बाध्य हुनुको प्रमुख कारण पनि कांग्रेस नै भएको तर्क गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स