Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

कांगेस नेता पटेललाइ मन्चमै हाने थप्पड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, ६
कांगेस नेता पटेललाइ मन्चमै  हाने थप्पड

काठमाडौं – गुजरातमा एक नेताले भाषण गर्दा गर्दै थप्पड खाएका छन् ।गुजरातको सुरेन्ददरनगर जिल्लामा कांग्रेस आईका नेता हार्दिक पटेलले मञ्चमै थप्पड खाएका हुन् ।

उनलाई गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’ मा थप्पड हानिएको हो ।मञ्चमा भाषण गरिरहेका कांग्रेस आईका नेता हार्दिक पटेललाई एक व्यक्तिले दायाँ तर्फबाट मञ्चमा उक्लिएर थप्पड हानेका हुन् ।

नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानेको उक्त भिडियो टेलिभिजनहरुमा देखाइएको छ । मञ्चमा उक्लिएर भाषण गरिरहेका पटेललाइ थप्पड हान्ने व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए । अहिले यो भिढियो निकै भाइरल बनेको छ ।

Top Changing Nepal

युट्युब सट्स