जीतगढी किल्लामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा !
जानकारी केन्द्र
२०७६, बैशाख, ७
वैशाख ७, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।
ऐतिहासिक जीतगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् ।
‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला भीडबाट ती युवाले कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । प्रहरीले ती युवा अर्घाखाचीका रुद्र प्रसाद घिमरे रहेको जनाएको छ । उनलाई तत्कालै प्रहरी नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

