सेनाको विभिन्न पदमा ८ हजार भन्दा बढी कर्मचारी माग
नेपाली सेनाले विभिन्न पदमा ८ हजार १०२ जना कर्मचारी माग गरेको छ ।सेनाले देशभरका २९ वटा केन्द्रमार्फत लेखा जमदार कर्मचारी, मेडिकल, सिग्नल, ड्राइभर, वाद्यवाधक, कुचीकार, सूचीकार, धोबी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो ।
सैन्य सेवाका लागि मात्रै ७ हजार ६ सय ३५ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि जेठ एक गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
लेखा जमदार पदका लागि न्यूनतम प्लस टु उत्तीर्ण गरेको हुनु पर्नेछ । सहायक पण्डितको लागि कर्मकाण्ड विषयमा तीन सय पुर्णाकंको संस्कृत विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।
अमल्दार कर्मचारीको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ । सैन्य, ड्राइभर, वाद्यवाधकको लागि ८ कक्षा उत्तीर्ण गरेको भए पुग्ने जनाइएको छ ।


सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

