गाउँपालिका स्तरीय उद्घोषण एव क्षमता विकास तालिम सुरु ।
रबिन्द्र यादव/नवलपरासी पश्चिम १४ बैशाख नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले शनिबारदेखि ५ दिने उद्घोषण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ ।
नन्दन मिडिया हाउस प्रा लि परासीका सद्दाम हुसेन अन्सारीको अध्यक्षता एवम् प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले उद्घोषण कलाको विकासका साथै क्षमता अभिबृद्धि र नेतृत्व विकासका लागि तालिम सार्थक हुने विश्वास व्यक्त गरेका थिए ।
गाउँपालिका अध्यक्ष राजकुमार शर्माले गाउँ पालिका बासीहरुलाई सबल र सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा पनि उनले जोड दिए ।

उद्घाटन कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष रामहरि उपाध्याय वडा नं ८ का अध्यक्ष कादिर अलि अन्सारी, जन जागृति मावि का प्रअ बाबुराम सुवेदी , गुठी परसौनी चौकीका इन्चार्ज घनश्याम रिमाल, शिक्षक अंगद यादव ,पत्रकार बृजराज कुशवाहा, बेचु गौड लगायतले बोलेका थिए ।
गाउँपालिका भित्रका १ देखि ९ वडा सम्मका ४० जना सहभागी तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य एवम् बुटवल टुडेका वरिष्ठ संवादाता रहेका छन् । उद्घाटन कार्यक्रमको सञ्चालन सहबान अन्सारीले गरेका थिए भने स्वागत मनतव्य रबिन्द्र यादवले गरेका थिए ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

