Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

मकै भाच्ने मेशिनको सफल परीक्षण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, १४
मकै भाच्ने मेशिनको सफल परीक्षण

लमही। मकै सुपरजोनअन्तर्गत दाङको लमही– ८ सतबरियामा मकै भाच्ने मेशिनको परीक्षण गर्दै किसान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ ।

आर्थिक वर्ष २०७३ /७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय हेक्टर क्षेत्रफलमा खेती हुन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (मकै सुपरजोन) लमहीले जानकारी दिएको छ ।

परियोजनाले मकै सुपरजोनलाई सफल पार्न मकै खेतीलाई पूर्ण यान्त्रिकीकरण गरी मल उत्पादन र बजारीकरणका साथै गुणस्तर बीउ उत्पादनसमेत गरिदै आएको छ । मकै खेतीमा मलका रूपमा प्रयोग गर्न वर्षको ६० टन गड्यौली मल उत्पादन भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स