Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

तरकारी बेचेरै पढाइ खर्च

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, १४
तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो ।

“विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । तरकारी बेच्न थालेपछि पढाइ खर्च जुटाउन खासै समस्या नभएको योगीको भनाइ थियो । आमा र बुबा बेरोजगार भएकाले आफै तरकारी बेचेर पढाइ खर्च व्यहोर्नुपरेको उहाँको भनाइ थियो ।

“पहिला पहिला त तरकारी बेच्न बजार आउँदा कसैले केही भन्ने हुन की भन्ने डर लाग्थ्यो, बजारमा आउँदा सानी देखेर होला मैले ल्याएको तरकारी सबै बिक्री हुन्छ”, योगीले सुनाउनुभयो । विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर महतले योगी विद्यालयको राम्रो विद्यार्थी भएको बताउनुभयो ।

तरकारी बेच्न थालेको एक वर्ष भएको र महीनामा तीन हजार कमाइ हुने गरेको उहाँले जानकारी दिनुभयो । योगीसँगै सोही ठाउँकी करिश्मा चौलागाईं पनि तरकारी बेचेरै राम्रो आम्दानी गर्नुहुन्छ । निजी विद्यालयमा पढ्ने उहाँको आवश्यक खर्च जुटाउने माध्यम नै तरकारी बनेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स