पूर्वसभासद गायत्री साह र उनको श्रीमान पक्राउ
जानकारी केन्द्र
२०७६, बैशाख, २२
वैशाख २२, काठमाडौं । प्रहरीले पूर्वसभासद गायत्री साह सहित उनको श्रीमानलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले उनिहारुलाई पक्राउ गरेको हो ।
साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखियो । अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको साह र उनको परिवारको आरोप छ ।
साह र उनका श्रीमान राजेश महतोले अस्पतालमै धर्ना समेत दिएका थिए । अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

