सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने
काठमाडौँ, २७ वैशाख । राष्ट्रिय खेलकूद परिषद् राखेपले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।
नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागको तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा संयोजक रहेकोे प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो । सागमा नेपालबाट ६२५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।
यसअघि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता बारम्बर सर्दा सागको भविष्य अन्योलमा पर्दै आएको थियो । गएको फागुन–चैतमा नेपालले आयोजना गर्ने गरी निर्णय भएको १३औँ साग आठौँ राष्ट्रिय खेलकूद र पूर्वाधार पुनःनिर्माणमा भएको ढिलाइले गर्दा छ महीना पर आगामी मङ्सिर दोस्रो साता हुने तय भएको छ । तेह्रौँ साग नेपालले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गर्नेछ ।
उक्त बैठकले प्रतियोगिताको मस्कट र लोगोसमेत पारित गरेको छ । मस्कट र लोगोलाई केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाउने निर्णय गरेको छ ।रासस
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

