Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

३६ हजार घुससहित वडा सदस्य पक्राऊ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, जेष्ठ, १८
३६ हजार घुससहित वडा सदस्य पक्राऊ

काठमाडौं । ३६ हजार घुस वापतको रकम सहित महोत्तरीमा जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा परेका छन् । धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग घुस लिएपछि एकडारा गाउँपालिका वडा नं ४ का वडा सदस्य रामचन्द्र राय यादव शुक्रबार पक्राऊ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस रकम सहित जलेश्वर नगरपालिकास्थित सैलेश चोकबाट रङ्गेहात नियन्त्रणमा लिइएको हो । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार यादवमाथि अनुसन्धान भइरहेको छ ।


यसैगरी, काठ काट्नका लागि आदेश लिन सहज गराइदिएवापत् सात हजार घुस लिएका फरेष्टर महेन्द्र बि.सी.माथि अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । रुकुम पश्चिममा कार्यरत फरेष्टर बि.सी. ले कु काठ कटान आदेशका नाममा सहजीकरण गरिदिने भनी घुस लिएपछि पक्राऊ परेका थिए ।

Top Changing Nepal

युट्युब सट्स