Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

वल्र्डलिंक नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता शुरु, २ लाख ५० हजार सम्म पुरस्कार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, जेष्ठ, १८
वल्र्डलिंक नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता  शुरु, २ लाख ५० हजार सम्म पुरस्कार

काठमांडौ,जेष्ठ

,इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक “नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९“ आयोजना गरेको बताएको छ ।

प्रतियोगितामा काठमांडौबाट ८ वटा कलेज तथा काठमांडौ बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । यस प्रतियोगिता जून १ ,२०१९ बाट शूरु भएर जून ३० ,२०१९ सम्म संचालन हुनेछ ।

३० दिन सम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनितिहरु प्रतियोगिताको निर्णायक मण्डलसामुु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।

यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो स्थान प्राप्त हुने कलेजलाई रु. १,००,००० र तेस्रो स्थान प्राप्त हुने कलेजलाई रु. ७५,००० प्रदान गरिने छ ।

Top Changing Nepal

युट्युब सट्स