Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

जेठ २७ गते सोमबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, जेष्ठ, २६
जेठ २७ गते  सोमबारको राशिफल

सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी ३० पला। व्रत/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी।

जय गुरु देव !! जय भोले बाबा !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ २७, सोमबार, इ.स. २०१९ जुन १०, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष,अष्टमी, २३:५७ उप्रान्त नवमी, नक्षत्र– पूर्वफाल्गुनी, १६:२० बजेउप्रान्त उत्तरफाल्गुनी, योग– वज्र, १३:५३ बजेउप्रान्त सिद्धि, करण– भद्रा, १३:१० बजेदेखि वव, २३:५७ बजेउप्रान्त वालव,आनन्दादिमा ध्वज योग, चन्द्रराशि– सिंह, २१:५६ बजेउप्रान्त कन्या, सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी ३० पला। व्रत/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ २८, मंगलबार, इ.स. २०१९ जुन ११, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष,नवमी, २१:३७ उप्रान्त दशमी, नक्षत्र– उत्तरफाल्गुनी, १४:४५ बजेउप्रान्त हस्त, योग– सिद्धि, १०:५३ बजेउप्रान्त व्यतीपात, करण– वालव, १०:४६ बजेदेखि कौलव, २१:३७ बजेउप्रान्त तैतिल, आनन्दादिमा धाता योग, चन्द्रराशि– कन्या, सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३१ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,स्वास्थ्य कमजोर बन्ने र काममा चुनौती आइलाग्ने समय छ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ,रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
गोपनीयतामा ध्यान दिनुहोला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम,नाम र प्रतिष्ठा कमाउने बेला छ,रमाइलो भ्रमण सम्भावना छ,व्यावसायिक यात्रा सम्भावना छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानी प्रशस्तै बढ्नेछ, विभिन्न भौतिक साधन जुट्नेछन्, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,पढाइलेखाइमा प्रगति होला,गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
व्यावसायिक यात्रा सम्भावना छ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
गरेका कामको राम्रो मूल्यांकन हुनेछ,दीर्घकालीन योजना बन्नेछन्,कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ,आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला,आजको शुभ अंक १ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पेटको खराबीले अलि सताउला,महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुन सक्छ,सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,रचनात्मक काम सुरु गर्ने मौका छ,हिम्मत बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,कामको बोझ थपिनाले बढी जिम्मेवारी वहन गर्नुपर्ला,साथ दिने सहयोगी भेटिनेछन्,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स