विदेश जानेहरुको मेडिकल गर्न ५१ स्वास्थ्य संस्था छनौट, ७५ संस्थाको मापदण्ड पुगेन
काठमाण्डौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि निवेदन दिएर मापदण्ड पुरा गरि छनौट भएका स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ५१ स्वास्थ्य संस्था सुचिकृतका लागि योग्य देखिएका छन् ।
सुचिकृत भएका संस्थाले धरौटी र सूचीकरण शुल्क जम्मा गरि ७ दिनभित्र श्रम मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । निवेदन दिएका १ सय २६ मध्ये ७५ वटा संस्थाले आवश्यक मापदण्ड पुरा नगरेका कारण सूचिकृत हुन नसकेको श्रम मन्त्रालयले जनाएको छ।
श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि सीमित संस्थाले सिन्डिकेट कायम गरेको भन्दै त्यसलाई तोड्न अग्रसरता देखाएका थिए। सोहि अनुरुप मापदण्ड पुग्ने सबै संस्थालाई श्रम मन्त्रालयमा सुचिकृत हुन गत चैत्र १३ आह्वान गरिएको थियो । सरकारले दिएको समयसीमा भित्र १२६ संस्थाले आवेदन दिएका थिए । तिनै आवेदन दिएका संस्थाबाट ५१ वटा संस्था छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि श्रम मन्त्रालयमा यसअघी २२६ संस्था सुचीकृत भएका थिए।
सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले बैशाख ८ गतेदेखि देखि अनुगमन गरेको थियो । अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटाएको थियो । उपत्यकामा खटिएको टोलीलाई अनुमगनका लागि १५ दिनको म्याद र उपत्यका बाहिर खटिने ३ वटा टोलीलाई १० दिनको म्याद दिइएको थियो ।
चार सदस्यीय अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जनाको टोलीले अनुगमन गरेको थियो ।
मापदण्ड पुरा गरि छनौट भएका स्वास्थ्य संस्थाको नाम हेर्न यहाँ क्लिक गर्नुहोला ।
मापदण्ड पुरा गर्न नसकेका ७५ संस्थाको नाम हेर्न यहाँ क्लिक गर्नुहोला ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


