Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

एउटा रुखबाटै १० औं लाख कमाउन सकिने पाउलोनिया खेती गर्ने तरिका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, २४
एउटा रुखबाटै १० औं लाख कमाउन सकिने पाउलोनिया खेती गर्ने तरिका

पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो । पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।

जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ ।
समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ ।
४/५ बर्षमै पनि काठ को रुपमा प्रयोग गर्न सकिने यो रुख १ बर्षमै २०/३० फीट अग्लो हुन्छ ।
वातावरण मैत्री यस बिरुवा रोपेपछी ८/९ पटक सम्म कटन सकिने ।
अग्लो र सुरिलो हुने रुख , जरा पनि सिधै तल जाने भएकाले छेउछेउ मा अरु बिरुवा बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर , जडिबुटी ,अन्न्न बाली लगाउन सकिने ।
यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छायादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
बएस्क रुख बाट ३०र४५ क्यु फीट काठ निकाल्न सकिने यो रुख मा एक सिजन फुल खेल्ने भएकाले मौरी पालनको पनि राम्रो सम्भावना रहेको छ ।
औषधीको गुण भएको पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ ।
यो बिरुवको पात गाइबस्तु, भेडाबाख्रा, वङ गुर , कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने ।
काठ बेच्न सकिने (windows,doors,house,Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
श्रप्रत्यक ७/९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने श्रयसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ।पनि प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ जसकारण यो काठ को प्रयोगले आगो लागि को डर पनि कम हुन्छ ।

बाताबरण शुद्धिकरण र कार्बन बैंक :
पाउलोनियाले अरु बोटको तुलनामा १० गुणा कारबन खपत गर्छ र सोही मात्रमा ओक्सीजन उत्सर्जन गर्छ ।
एउटा बयस्क पाउलोनियाको बोटले प्रती बर्ष २.१३ टन Oxygen उत्सर्जन गर्छ र सोही मात्रमा Carbon खपत गर्छ ।
एउटा बयस्क पाउलोनियाको बोटले दिन ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनीको फोहोर र हानी कारक बायु शुद्धिकरण गर्दछ ।
अरु काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको बाल्दा फाइदा हुन्छ किनकी एस्ले निकल्दैन ।
पाउलोनियाको दाउरा बाल्दा carbon mono oxide (0%), Methane (0%),SulphurOxide (0%)Nitruous Oxide (0%)Methane (0%) According to research done by Winrock financial limited in 2004.
पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने ।

नेपालमा पाउलोनियाको सम्भावना :
यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।
नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले पाउलोनिया खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
साल सिसौउ जस्ता अरु काठको बिकल्पको रुपमा प्रयोग गर्न सकिने ।
बड्दो बिकास सँग काठ को तथा काठ जन्य सामग्रीको उपायोगिता बड्नु ।
यो बिरुवाको नमुना बाली सफल भएको ।
पहिरो जाने तथा खेती नगरि खाली रहेको जग्गा को राम्रो सदुपयोग हुने ।
दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।
वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन ।
छिटो फैलिने रुख भए पनि धेरै उपायोगिता हुने भएकोले, यो रुख कुनै पनि देशमा प्रतिबन्धित छैन ।

पाउलोनिया खेती प्रविधी :
पाउलोनियाको वा समशितोष्ण भुभाग (समुन्द्र सतहबाट २१०० मि) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो हुर्कने हुन्छ ।
बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ९फाल्गुन अनुकुल रहेको छ ।तर, पनि उचित हेरचाह गरेमा र सिन्चाइ को बेवस्था गरे हिउद मा पनि यसलाई रोप्न सकिन्छ
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने । बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
लगाउने समय ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
भित्री बाली लगाउने हो भने ५ मिको फरक र नलगाउने हो भने ३ मि फरकमा रोप्नु पर्छ
१ रोपनी मा ४०-५०बिरुवा लगाउन मिल्ने ।
हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
गाठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हागाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हागा काट्ने गर्नु पर्दछ ।
वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।

पाउलोनियाको उपयोगिता :
पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका (४० प्रतिशत), नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि ख“दिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन ।
यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै :
र्फिर्नचर तथा वाद्यवादक – झ्याल ,ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्केटिङ आदि
खेलौना तथा भवन – फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ब्ल्याक्बोर्ड, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ ।
यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
प्याकेजिङ – तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, ड्रेस्सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा प्याकहरु आदि पनि बनाउन सकिन्छ ।
ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायत का उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ ।
पँउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । श्रयसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ ।
यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ ।

पाउलोनिया बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
एग्रो मार्ट प्रा. लि. 
काठमाडौं ,चप्पल कारखाना चोक , महाराजगन्ज
सम्पर्क नं : ०१-४४१८९२१ / ९८६६०७२१२७

naima expoTop Changing Nepal

युट्युब सट्स