वार्षिक ६७ खर्बको लागूऔषध कारोबार
काठमाडौं, ३ साउन । अन्तरदेशीय लागूऔषध कारोबारमा वार्षिक ६७ खर्ब नेपाली रुपैयाँ घुमिरहेको छ । त्यो पनि विश्वभर होइन, दक्षिणपूर्वी एशिया, अष्ट्रेलिया, न्युजिल्यान्ड र बङ्गलादेशको बजारबाट हुने कारोबारमा मात्र ।
यो तथ्यांक संयुक्तराष्ट्रसंघले सार्वजनिक गरेको हो । राष्ट्रसंघको अपराध र लागूऔषध कारोबारसम्बन्धि अध्ययन गर्ने निकाय युएनओडिसीले २ साउनमा ३० अर्ब देखि ६१ अर्ब डलर बराबरको रकम घुमिरहेको तथ्यांकसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनले महिला तथा बालबालिकाको तस्करी र यौन दुव्र्यवहार गम्भीर समस्या बनेको उल्लेख गरेको छ । दक्षिणपूर्वी एशिया र पूर्वी एशियाली देशहरुमा यसले चुनौती बढाएको छ ।

प्रतिवेदनमा भनिएको छ,‘तस्करी र यौन दुव्र्यवहारको शिकार हुनेमध्ये ७० प्रतिशत कम उमेरका केटीहरु छन् ।’
भ्रष्टाचारसँग संगठित अपराधको अन्र्तसम्बन्धबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । संगठित अपराधको गिरोहले क्यासिनोमार्फत् कालो धनलाई सेतो बनाउने गरेको भनिएको छ ।
व्यापारको शैलीमा संचालित संगठित आपराधिक समूहहरुको गतिविधिको गहिरो अनुसन्धान गरी तयार गरिएको प्रतिवेदनले पाँच वर्ष लगाएर त्यस क्षेत्रको अपराधको विश्लेषण एवं अध्ययन गरेको थियो । ट्रान्सन्यास्नल अर्गनाइजेशन क्राइम इन साउथइष्ट एशियाः इभोलुसन, ग्रोथ एन्ड इम्प्याक्ट नाम दिइएको प्रतिवेदन अवैध लागूऔषधको कारोबार द्रुत गतिमा बढिरहेको उल्लेख गरेको छ ।

अन्तरदेशीय संगठित अपराधले दक्षिणपूर्वी एशियाको आर्थिक वृद्धि र स्थिरतामाथि चुनौती बढाउने भन्दै सुझाव समेत दिएको छ । समयमै विचार गरी समस्याको रणनीतिक सम्बोधन गर्न सुझाव दिएको छ । Cover Photo: Talking Drugs
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


