मोरङमा बस पल्टिँदा दुईको मृत्यु
साउन २, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।
वतन नखुलेको पुरुष घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाका घाइते पाँच जनाको न्यूरो अस्पताल विराटनगरमा, आठ जनाको मोरङ डाइनेष्टिक अस्पताल पथरीमा र छ जनाको पथरी अस्पताल पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ |
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


