Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

एक वर्षमैं चार अर्बको अलैँची निर्यात

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, श्रावण, १६
एक वर्षमैं चार अर्बको अलैँची निर्यात

ललितपुर। नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ।

आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलुक निर्यात हुने गरेको छ। प्रति मन (४० केजी)को हाल बजार मूल्य २८ हजार रुपैयाँ रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउँछन्। केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जिएसटी’ छुट गरे तापनि नेपाली अलैंचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउँछन्।

Top Changing Nepal

युट्युब सट्स