Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

धर्म परिवर्तन नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्ने कमल थापाको चेतावनी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, १२
धर्म परिवर्तन नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्ने कमल थापाको चेतावनी

काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले धर्म परिर्वतन गराउने क्रम नरोकीए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिएकाछन्।

उनले धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको तर्क  गरे।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भईरहेको बताए।

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए। उनले १० वर्षको बीचमा दशौँ लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

naima expoTop Changing Nepal

युट्युब सट्स