कुशे औशी तथा बाबुको मुख हेर्ने दिनको महत्व
आज भाद्र कृष्ण औंसी , कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन,छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान गरि मनाइदै छ ।
यसैगरी देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रायाउँदै कुशेऔंसी पर्वपनि मनाइँदै छ । हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ ।‘यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमानकहाँ लगिदिने चलन छ,’ कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।’ यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ । धार्मिक र सांस्कृतिकदेखि स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मानिन्छ । तराईदेखि पहाडसम्म पाइने एक किसिमको घाँस कुशको जराबाट विभिन्न आयुर्वेदिक उपचार हुने वनस्पतिविद् बताउँछन् ।
विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ ।पौराणिककालमा कुशको प्रसंग उल्लेख छ । सत्ययुगमा जालन्धरपत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गराएका भगवान् विष्णुलाई श्राप परी ‘घाँस हुनुपरोस्’ भनी कुश हुनुपरेको श्रीषखण्ड पुराणमा उल्लेख छ । यसैगरी, गुरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णुपुराणमा उल्लेख छ । यसैगरी, कालकुट विष निकालेर आएको अमृत कुश भएको ठाउँमा राखिँदा सर्पले अमृत भण्डारमा गएर खान खोज्दा कुशले जिब्रो काटिएकाले त्यतिबेलादेखि सर्पहरूको दुईओटा जिब्रो भएको कथन छ ।
बलिराजा र शुक्राचार्यबीच पनि कुशकै कारण मनमुटाव भएको प्रसंग पुराणमा छ । त्यस्तै, भगवान् बलरामले भूलवश सुतजीलाई मारेकाले त्यही स्मरणमा हरेक धार्मिक तथा पैतृक कर्म गर्दा कुशको ब्राह्मण बनाउने नियम बनेको पण्डित माधवप्रसाद शर्माले बताए । ‘कुशमा ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप हुन्छ,’ उनले भने । बुबाको मुख हेर्ने दिन पितृ तथा गोकर्ण औंशीबाट प्रसिद्ध यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा लिने गरिन्छ ।
छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।
बेथान चोक खबर बाट
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


