Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

धरौटी राख्ने सबै ८४८ म्यानपावरको सूची हेर्नुहोस्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, १९
धरौटी राख्ने सबै ८४८ म्यानपावरको सूची हेर्नुहोस्

भदौ १८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी बृद्धिको म्याद समाप्त भएको छ । यससँगै बैदेशिक रोजगार बिभाग मार्फत नयाँ बढेको धरौटी अनुसार बैदेशिक रोजगारीमा पठाउनको इजाजत पाउने म्यानपावरहरुको सूची प्राप्त भएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरुको संख्या ८४८ पुगेको छ । म्यानपावर संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले ८४८ म्यानपावर संख्यामा हेरफेर हुनसक्ने छ । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् ।

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाएको थियो। यसअघि सबै म्यानपावर कम्पनीको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको थियो । बैदेशिक रोजगार ऐनको पछिल्लो संसोधनमा ३ हजारसम्म पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार ८४८ म्यानपावर कम्पनीले तोकिएको धरौटी रकम राखेका हुन् ।

हेर्नुहोस् सूची 



































naima expoTop Changing Nepal

युट्युब सट्स