डेंगु रोगबाट बच्ने सूत्र बताउदै चिकित्सक
काठमाडौ, भदौ २० । देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घर देखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिएका हुन् ।
डेंगुबाट चार जनाको मृत्यु भईसकेको जानकारी दिदै भने–उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुनुपर्छ । अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको जानकारी गराए । उनले रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको जानकारी दिए । लाले भने– देशभरका स्थानीय तहमा न्यूनतम ८७ लाख र अधिकतम ८९ लाख बजेट छुट्याएको र हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको छ । यो रोगबाट गत वर्ष ३ जनाको मृत्यु भएको पनि उनले जानकारी गराएका थिए । विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रब टाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि विरामीको मृत्यू हुने गरेको उनले बताए ।
लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्ने जानकारी गराए । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिने जानकारी दिए ।
शुक्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए । उनले भने–डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ । तर, अहिलेको डेंगु संक्रमण गम्भीर खालको नभएको जानकारी दिए । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने बताए । उनले आफू कार्यरत रहेको अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा ११७ जनामा डेंगु संक्रमण देखिएको जानकारी समेत गराए । विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन भन्ने उनको भनाई रहेको छ । उनले भने–डेंगु संक्रमण क्लासिकल लाम्खुट्टे र सेविसियल लाम्खुट्टेको टोकाइबाट मात्र डेंगु संक्रमण हुन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने उनले बताए । यसका लागि संगठनिक संरचना कमजोर भएको, जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लाम्खुट्टेको अध्ययन गर्दा यो २० वर्ष भन्दा पहिले भित्रिएको बताए । त्यसभन्दा पछाडि नभएको र यसबाट बच्नका लागि लाम्खुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लाम्खुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने, देशमा लाम्खुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए । उनले भने–सबैभन्दा बढी संक्रमण हुनमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ । डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले आदेश दिएर सरकारी अड्डा, स्कुल कलेजमा सफा गर्न लगाउने र सबै क्षेत्रबाट सरसफाईका लागि विशेष भूमिका निभाउन सके रोगवाट बच्न सकिने जानकारी दिए । नगरपालिकाले घरको नक्शा पास गर्दा अनिवार्य घरको झ्याल ढोकामा जाली हाल्नुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

