माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ
जानकारी केन्द्र
२०७६, भाद्र, २१
भदौ २१, काठमाडौं | प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे |
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ |
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

