६ महिना तक्मे बुढाले विवाह लुकाए
हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् । उनले झापाकी सरिना लामासँग गतबर्षको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् ।
त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएतापनि प्रायले सुटिङको फोटो सम्झेका थिए । दुलहीको पक्षले विभिन्न कारण तस्वीर सार्वजनिक गर्न नचाहेको कारण लुकाएको जस्तो भएको विल्सनले जनाएका छन् । सरिना विल्सनको स्कुलदेखिकी प्रेमिका हुन् ।
फाल्गुनमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका विल्सनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको जनाएका छन् । सरिना ‘भुटानी शरणार्थी’ सम्बन्धी युएनको प्रोजेक्ट बन्द भएपछि विल्सनको घर सम्हालेर बसेकी छिन् ।
विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया पुगेका थिए । सरिनाको मिडियासँग लजाउने बानीको कारण उनी मिडियामा आएकी छैनन् । बिहेपछि जीन्दगी बदलिएको विल्सनले जनाएका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

