Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ज्ञानेन्द्रलाई नागार्जुनबाट गलहत्याएर निकाल्ने मन्त्री यादवको चेतावनी, पार्टी प्रचण्डले हाँक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, २४
ज्ञानेन्द्रलाई नागार्जुनबाट गलहत्याएर निकाल्ने मन्त्री यादवको चेतावनी, पार्टी प्रचण्डले हाँक्ने

काठमाडौं, २४ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै बकबक गरे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्,‘अब ज्ञानेन्द्रले धेरै बकबक नगरे हुन्छ । सिनो भैसकेको राजतन्त्र अब फर्कदैंन् ।’ पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको चेतावनी जायज रहेको पनि उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताए ।त्यस्तै, मन्त्री यादवले आजमात्रै नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत मोतिहारी–अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनलाइए ऐतिहासिक कदमको संज्ञा दिए । उनले यो उद्धघाटनसँगै नेपाललाई धेरै फाईदा भएको तर्क गरे ।

त्यसको असर आज पेट्रोलियम पदार्थको मुल्य घटेको पनि उनको तर्क छ । । अहिले मोतिहारी–अमलेखगन्ज आईपुगेको सुनाउँदै अब अअमलेखगन्ज–हेटौंडा हुँदै काठमाडौंसम्म आउने उनको भनाई छ। त्यस्तै, उनले नेपालमा भारतविरोधी कुनैपनि गतिविधि नभएको जिकिर गरे । उनले भने,‘हामी भारतविरोधी कुनैपनि गतिविधि हुन पनि दिँदैनौं ।’ मुलुक यतिवेला चाडपर्वको मुखमा रहेकोले अब सरकारले बजार अनुगमन सुरु गर्नेपनि मन्त्रीको भनाई छ । उनले कालोबजारी र विचौलियालाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए ।

फरक प्रसँगमा उनले वर्तमान ओली सफल कि असफल भन्नेरबारे आफूले कुनै प्रतिक्रिया नदिने बताईन् । उनले भने,‘सफल कि असफल भन्ने कुरा म भन्न सक्दिन् । यो त जनताले भन्ने कुरा हो ।’ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति सरकार र पार्टी सञ्चालनबारे सहमति हुने पनि उनको विश्वास छ । उनले भने,‘सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने हो।’

naima expoTop Changing Nepal

युट्युब सट्स