प्रदेश १ सरकारको कृषि अनुदान कार्यक्रम, यसरी दिनुहोस आवेदन सम्पूर्ण जानकारी सहित
ललितपुर। प्रदेश नं.१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रोटेक्टेड हर्टीकल्चर प्रवर्द्धन र प्रविधि विस्तार गर्न, कृषि पर्यटन प्रवर्द्धन गर्न र चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन गर्नका लागि अनुदान दिने भएको छ।
मन्त्रालयले इच्छुक सहकारी संस्था र व्यावसायिक फर्म, कम्पनी, निजी उद्यमीलाई सम्बन्धित कार्यालयमा निवेदन बुझाउनका लागि आव्हान गरेको छ।
कति छ अनुदान ?
क्र.स. कार्यक्रमको नाम सङ्ख्या अनुदान रकम (रु.) निवेदन दिन योग्य साझेदारहरू
१. प्रोटेक्टेड हर्टीकल्चर प्रवर्दन र प्रविधि विस्तार ८ (७५% सम्म अनुदान बढीमा ३० लाख प्रति निवेदन) सहकारी संस्था,निजी फर्म,कम्पनी एवं निजी उद्यमी
२. कृषि पर्यटन प्रवर्द्धन १५ – (५०% वा बढीमा २० लाख प्रति निवेदन) होमस्टे समितिहरू, निजी फर्म, कम्पनी एवं निजी उद्यमी, सहकारी संस्था, उद्योग वाणिज्य संघ, निजी क्षेत्रका कृषि पर्यटन केन्द्र
३. चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन १०- ( ७५% सम्म बढीमा २० लाख प्रति निवेदन ) कृषक, उद्यमी, कृषक समूह, सहकारी संस्था
(नोट : एउटा फर्मरकम्पनी वा संस्थाले एउटा मात्रै निवेदन दिन पाउनेछन् )
निवेदन बुझाउने ठाँउ :
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगर
कृषि ज्ञान केन्द्रहरू, झापा, सुनसरी, पाँचथर, धनकुटा, सङ्खुवासभा, उदयपुर, खोटाङ, इलाम, सोलुखुम्बु, भोजपुर र ओखलढुङ्गा
निवेदन बुझाउने अन्तिम मिति ?
निवेदन यहि मिति २०७६ साल भाद्र २४ गते सम्ममा बुझाउनु पर्छ।
कहाँ सम्पर्क गर्ने ?
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विराटनगरस् ०२१-४७०२५८
कृषि प्रसार अधिकृत, अभिमन्यु अधिकारी : ९८५२०३५०४९

सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

