असोज ९,बिहीबारको राशिफल
चन्द्रराशि– सिंह, सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान ३० घडी १ पला। प्रदोष व्रत। त्रयोदशी श्राद्ध। मघा श्राद्ध। कलियुगादि।
जय गुरु देव !! जय श्री राम !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ असोज ९, बिहीबार, इ.स. २०१९ सेप्टेम्बर २६,शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, द्वादशी, ७:३३ बजेदेखि त्रयोदशी, २९:१३ उप्रान्त चतुर्दशी, नक्षत्र– मघा, २६:४१ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– सिद्ध, ७:४२ बजेदेखि साध्य, २८:४० बजेउप्रान्त शुभ, करण– तैतिल, ७:३३ बजेदेखि गर, १८:२४ बजेपछि वणिज, २९:१३ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुसल योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान ३० घडी १ पला। प्रदोष व्रत। त्रयोदशी श्राद्ध। मघा श्राद्ध। कलियुगादि।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज १०, शुक्रबार, इ.स. २०१९ सेप्टेम्बर २७, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, चतुर्दशी, २६:४७ उप्रान्त औंसी, नक्षत्र– पूर्वफाल्गुनी, २५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी,योग– शुभ, २५:३४ बजेउप्रान्त शुक्ल, करण– भद्रा, १६:०० बजेदेखि शकुनि, २६:४७ बजेउप्रान्त चतुष्पद, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २९ घडी ७ पला, शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध, नलाश्वनेचह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान। पर्यटन दिवस। कृष्ण प्रणामी– प्राणनाथजीको जन्मोत्सव।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विश्वासको वातावरण बन्नेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ,साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,आजको शुभ अंक ७ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन,आर्थिक संकट पर्नेछ,बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला आजको शुभ अंक ४ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,आजको शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

