आइजीपी खनाल आइएसआइको तारोमा
काठमाडौँ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले थाइल्यान्डमा भएको सुरक्षा सम्मेलनमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत दोभालसँग हात मिलाएर आतंकवादविरुद्ध ऐक्यवद्धता जनाएको विषयले उनीमाथि अन्तर्राष्ट्रिय चुनौती बढाएको थियो । यस विषयलाई लिएर पाकिस्तानले आइजीपी हटाउने उद्देश्यका लागि कुटनीतिक माध्यमले लबिङ मात्र गरेन आफ्नो नेपालभित्र र बाहिरको संयन्त्रलाई समेत सक्रिय बनायो । अवस्था यतिसम्म बन्यो कि खनाल पाकिस्तानी खुफिया एजेन्सी आइएसआइको तारो बनेका छन् ।
रिपोर्टर्स नेपाललाई प्राप्त विशेष सूचना अनुसार आइजीपी सर्वेन्द्र खनालविरुद्ध पाकिस्तानको खुफिया एजेन्सी आइएसआई विगत एक वर्षयता सक्रिय हुँदै आएको थियो । दोभालसँग आइजीपी खनालको हातेमालो पछि उसले बलियो रणनीति नै बनाएर लाग्यो । त्यही योजना अनुसार आइजीपीविरुद्ध दुष्प्रचार गर्न टोली परिचालन गरियो । प्रहरीभित्र नै उनीविरुद्ध घेराबन्दी गर्ने गरी षड्यन्त्र बुनियो । कतिपय षड्यन्त्रहरु विफल बनाइए । कतिपयले सरकारमा रहेकाहरुसम्ममा गलत सूचना पुग्दा आइजीपी हटाउने खेलसम्म भए ।
गत वर्ष एउटा ठूलो हत्याकाण्डको षड्यन्त्र बुनियो । निर्मला हत्याकाण्ड भएर देशको ध्यान कञ्चनपुरतर्फ हुँदा काठमाडौंमा एकजना वरिष्ठ पत्रकारको हत्या गर्ने षड्यन्त्र भयो । जसमा प्रहरीका केही अधिकृतहरु समेत संलग्न भएको प्रमाण फेला पर्यो । त्यसको अडियो र भिडियो फुटेजहरु रिपोर्टर्स नेपालसँग सुरक्षित छ जुन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सार्वजनिक नगरिएको हो ।
भिडियो फुटेजमा कन्ट्रयाक्ट किलरले एकजना प्रहरी अधिकृतको इशारामा एकजना वरिष्ठ पत्रकारको हत्याको योजना खुलाएका छन् । जसमा प्रहरीभित्रको एउटा टोली संलग्न छ । यसमा बाह्य शक्तिको समेत संलग्नता देखिएको छ ।
प्रहरी संगठनभित्र लोकप्रीय बनेका आइजीपी खनाललाई कुनै हालतमा हटाउन पाकिस्तानले समेत संलग्न हुनुमा नेपाली भूमि प्रयोग गरेर छिमेकविरुद्ध गतिविधि गर्ने मौका नपाउनु मुख्य कारण देखिएको छ । खनालले आफ्नो कार्यकालमा छिमेकविरुद्ध हुने गतिविधिमा कुनै मौका नदिने रणनीति बनाए । त्यसले सबैभन्दा बढी अन्तर्राष्ट्रिय आतंकवादी संगठन संचालन गर्नेहरुलाई पर्यो । त्यसमाथि थाइल्यान्डमा अजित दोभालसँगको हातेमालो र आतंकवादविरुद्ध ऐक्यवद्धता पाकिस्तानका लागि असह्य भयो । विश्वकै खतरनाक मध्येको उसको खुफिया एजेन्सी आइएसआईको प्रयोग आइजीपी खनालमाथि हुनुमा दोभालसँगको हातेमालो पनि एउटा कारण बन्यो । भारतका काश्मिरलगायतका महत्वपूर्ण कदम चाल्न दोभालले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।
आइजीपी खनाललाई पदबाट बर्खास्त गराउने माहोल बनाउन आइएसआईको योजनावद्ध षड्यन्त्र एकपछि अर्को गर्दै विफल भएपछि धेरै षड्यन्त्रहरु बाहिर आउन थालेका छन् । सरकारका जिम्मेवार अधिकारीहरु सम्म यसका प्रमाणहरु पुगेका छन् । कतिपय व्यक्तिहरु आइएसआईबाट दुरुपयोग भएको विषय चर्चामा आउन थालेको छ । बाहिर जे जस्ता प्रोपोगान्डा मच्चिएपनि आइजीपी हटाउने स्वार्थ पाकिस्तानको खुफिया एजेन्सीको रहेको खुल्दै गएको छ । यसले सुरक्षा निकायसम्म म्यानुपुलेसनको विषयबारे चर्चा हुनथालेको छ ।
रिपोर्टर्स नेपाल खोज
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


