महरालाई श्वास फेर्न गाह्रो भयो, नर्भिक अस्पताल भर्ना
जानकारी केन्द्र
२०७६, आश्विन, २३
काठमाडौं, २३ असोज । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा छन् ।
श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो । बिहीबार बिहानदेखि उनलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन उनलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

