Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पारस खड्काले कप्तानबाट राजीनामा दिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २८
पारस खड्काले कप्तानबाट राजीनामा दिए

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् ।दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका हुन् ।

फेसबुटमा स्टाटस राख्दै खड्काले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी आजैबाट त्यागेको बताएका हुन् ।

’मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले लेखेको छन् । साथै नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको खड्काले उल्लेख गरेका छन् ।उनी नेपालको टी–२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए ।

https://www.youtube.com/watch?v=_xnFmulO5g0

naima expoTop Changing Nepal

युट्युब सट्स