Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

खारेजीमा परेको म्यानपावरबाट ५ सय २२ राहदानी जफत, २४ लाख लिएको प्रमाण भेटियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, ६
खारेजीमा परेको म्यानपावरबाट ५ सय २२ राहदानी जफत, २४ लाख लिएको प्रमाण भेटियो

मनोज पराजुली, कात्तिक ६, काठमाडौँ । वैदेशिक रोजगारी विभागले खारेजीमा परेको एक म्यानपावर कम्पनीबाट ५ सय २२ वटा पासपोर्ट जफत गरेको छ । चप्पल कारखानामा रहेको सि लिंक ओभरसिज सर्भिस प्रा .लि बाट विभागले उक्त संख्यामा पासपोर्ट जफत गरेको हो ।

उक्त म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भन्दै विभागमा उजुरी परेको थियो । सो लगत्तै परेपछि गत सोमबार विभागको आकस्मिक अनुगमन टोलीले म्यानपावर भएको घरमा सिलबन्दी गरेको थियो । विभागको टोलि, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ सदस्य, घर धनी  र सुरक्षाकर्मीको रोहवरमा बुधबार उक्त घरको गरिएको सिलवन्दी खोलिएको हो ।

वैदेशिक रोजगारमा पठाईदिने भनी सयौं व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको विभागले जनाएको छ। कतारको लागि क्लिनर, पेन्टर, ड्राइभर कामका लागि भन्दै प्रतिव्यक्ति २० हजार देखि १ लाखसम्म रकम लिएको पिडितहरुले बताएका छन् । उनीहरुले बताए अनुसार नै म्यानपावरमा फेला परेको लिखित रेकर्ड मिलेको छ ।

क्लिनर, ड्राइभर र पेन्टरमा पठाउने भन्दै २४ लाख १० हजार रकम लिएको प्रमाण भेटिएको छ। विभाग टोलि म्यानपावर कम्पनीमा पुग्दा सयौंको संख्यामा पीडितहरु म्यानपावर कार्यालय पुगेका थिए । उनीहरुले तत्काल न्याय दिन भन्दै विभाग अनुगमन टोलीलाई आग्रह गरेका छन् तर अनुगमनमा खटिएको टोलीले पासपोर्ट विभागको कार्यालयबाट वितरण गरिने जानकारी दिएको छ, भने फसेको रकमका लागि कानुनी प्रक्रिया अगाडी बढाइने बताएको छ ।

यस भन्दा अघि पनि गत भदौ २४ गते वौद्ध प्रहरीले उक्त प्रा.लि.ले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित प्रा.लिका कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई  विभागमा मानिस सहित राहदानी वुझाएको थियो । जसको हाल विस्तृत अनुसन्धान भैरहेको विभागले जनाएको छ । म्यानपावरका संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्क विहिन भएका विभागले जनाएको छ। फरार संचालक बिरुद्ध कानूनी कारवाही अघि बढाएको विभागले जानकारी दिएको छ ।

Top Changing Nepal

युट्युब सट्स